कारबाही मानिसको मुख होइन तथ्य प्रमाण हेरेर हुन्छ : गृहमन्त्री
300
sharesकाठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानमा कसैलाई पनि काखापाखा नगरिने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
“भ्रष्टाचार, ठगी, अपराध गर्ने सबैमा अनुसन्धान हुन्छ । यसमा कुनै काखापाखा हुँदैन । सत्ताप्रतिपक्ष हेरिन्न,” उनले भने, “कारबाही मानिसको मुख होइन तथ्य प्रमाण हेरेर हुन्छ ।”
वि.सं.२०८१ कात्तिक १२ सोमवार १७:०२