back

भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनीसम्बन्ध कायम भएको छ । प्राकृतिक सौन्र्दयले भरपूर्ण तथा पर्यटकीय गन्तव्यको राम्रो सम्भावना बोकेको चुमनुव्री गाउँपालिका र नेपालका प्रथम मुख्तियार भीसमेन थापाको जन्मस्थान भीमसेन थापा गाउँपालिकाबीच समन्वय एवं सहकार्य गरी असल अभ्यास र अनुभव आदानप्रदान गर्ने उद्देश्यले दुई पालिकाबीच भगिनीसम्बन्ध स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर भएको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

समझदारीपत्रमा बूढीगण्डकी नदीको शिर, अहिंसाको क्षेत्र चुमभ्याली, मनास्लु किलर माउण्टेनको काखमा रहेको पर्यटकीयस्थल चुमनुव्री तथा भीमसेन थापा गाउँपालिकाको सामाजिक तथा संस्कृतिक गतिविधि आदानप्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, कृषि, पर्यटन, विपद् व्यवस्थापन, कलाको क्षेत्रमा आपसी समन्वय, सहकार्य र साझेदारी गर्ने समझदारी दुई पालिकाबीच भएको उहाँले जानकारी दिए ।

दुवै पालिकाले एक अर्काको ऐतिहासिक, पर्यटकीय एवं सांस्कृतिक सम्पदा प्रचारप्रसार गर्ने, स्थानीय न्यायिक समिति, मेलमिलाप केन्द्र विषयगत समिति, कार्यपालिका, वडा, गाउँसभालाई प्रभावकारी बनाउन संयुक्तरूपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै गरिबी निवारणका लागि लघुउद्यम, जडीबुटी खेती, वन पैदावर, ऊर्जालगायत आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने, दुवै पालिकाको साझा हितका विषयमा संयुक्त पहल गर्ने अध्यक्ष बञ्जराले जानकारी दिए । समझदारीपत्रमा भीमसेन थापा गाउँपालिका तर्फबाट अध्यक्ष बञ्जरा, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

काठमाडौं । पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको...