रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
366
sharesकाठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ ।
लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका थिए । यसअघि उनलाई तीनपल्ट म्याद थप गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ । आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न थप १३ दिनको अनुमति दिएको जिल्ला अदालत कास्कीले जनाएको छ ।
वि.सं.२०८१ कात्तिक २५ आइतवार १७:२०