देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र
66
sharesकाठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको आरोप लगाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।
देशमा असाधारण परिस्थिति बन्दै गएको बताउँदै असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीका बीचमा एकरूपता र समझदारी हुन जरुरी रहेकामा उनले जोड दिए ।
“यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरूलाई हटाउने खेल भइरहेको छ,” उनले भने, “असाधारण परिस्थिति देशमा बन्दै छ ।”
वि.सं.२०८१ कात्तिक २६ सोमवार १५:४१