back
sanima relaince life

स्यालको टोकेर दुई जना घाइते

768 

shares
sanima relaince life

कञ्चनपुर । कञ्चनपुरमा आज बिहान बहुला स्यालको टोकाइबाट दुई जना घाइते भएका छन ।

जिल्लाको शुक्लाफाँटा नगरपालिकाका वडा नं ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नं ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका स्रोतले जनाएको छ ।

मंगलबार बिहान आँगनमा फूलका बिरुवा रोप्दै गरेका बेला एक्कासी आएको स्यालले दाँया हात र दायाँ खुट्टामा टोकेर गहिरो घाउ बनाएको राजकुमारीका श्रीमान् पल्टा चौधरीले बताए ।

यसैगरी, गोकर्णलाई समेत स्यालले गोडामा टोकेर गहिरो घाउ बनाएको छ । दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिएको छ। स्यालले घर आँगनमै आएर टोक्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रासमय छ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...