ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको शृंखला अघि बढाइयो : शंकर पोखरेल
474
shares
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्न प्रपञ्च भइरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको शृंखला अघि बढाइएको उनको भनाइ छ ।
उनले भने “नेपालको विकास ओली नेतृत्वको सरकारले नै गर्छ,”। उनले एमालेलाई समाप्त पार्न प्रपञ्च भइरहेको पनि बताए । उनले देश श्रीलंका र बंगलादेशजस्तो बन्ने अवस्थामा नभएको दाबी गरे ।
“सुनिन्छ, नेपाललाई श्रीलंका बनाइदिने, बंगलादेश बनाइदिने भन्न थालिएको छ । नेपालको परिस्थिति न श्रीलंकाको हो न बंगलादेशको,” उनले भने ।
उनले देश बनाउन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व चाहिने बताए ।
वि.सं.२०८१ मंसिर ७ शुक्रवार १४:५९