back
sanima relaince life

कोटेश्वर क्याम्पसमा अतिरिक्त भाषा शिक्षणको रुपमा ‘स्पेरान्तो’ को पढाइ सुरु

2.4K 

shares
sanima relaince life

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसले अतिरिक्त भाषा शिक्षणको रुपमा ‘स्पेरान्तो’ भाषाको पढाई शनिबार देखि सुरु गरेको छ । ग्रामिण विकास, समाजशास्त्र तथा पत्रकारिता विभागले नेपाल स्पेरान्तो संघको सहकार्यमा हरेक शनिबारका दिन बिहान निशुल्क रुपमना स्पेरान्तो भाषाको पढाइ सुरु गरेको हो ।

स्पेरान्तो भाषा शिक्षणको शुभारम्भका अवसरमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले अतिरिक्त भाषाको रुपमा स्पेरान्तो भाषाको पढाई सुरु भएकोमा खुशी व्यक्त गर्दै यसको अध्ययनबाट विद्यार्थी, शिक्षक सहित सहभागी लाभान्वित हुनेमा जोड दिए । नेपाल स्पेरान्तो संघका अध्यक्ष एवं प्रशिक्षक भरत घिमिरेले स्पेरान्तो भाषाको परिचय प्रस्तुग गर्दै अंग्रेजी भाषाको विकल्पमा आएको यो भाषा सिक्न धेरै समय नलाग्ने बताए ।

संघका सचिव प्रा.डा. भरत पराजुलीले विभिन्न प्रयोजनका लागि विदेश भ्रमण गर्दा विभिन्न भाषाको ज्ञान हुनु पर्ने आवश्यकता रहेको बताउदै स्पेरान्तो भाषाले बाहिरी संसार चिन्ने र बुझ्ने मौका प्रदान गर्नेमा जोड दिए । कार्यक्रममा ग्रामिण विकास, समाजशास्त्र तथा पत्रकारिता विभागका विभागिय प्रमुख मनोज अधिकारीले विद्यार्थी र सहभागीको चाहना र आवश्यकता अनुसार अतिरिक्त भाषाको रुपमा अन्य भाषाको पनि अध्यापन गर्ने योजना रहेको बताए ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य लेखनाथ घिमिरे, अंग्रेजी विभाग प्रमुख सावित्री ढकाल, ग्रामिण विकास विषयमा उपप्राध्यापक रुद्र भट्टराई, अंग्रेजी विषयमा उपप्राध्यापक गोविन्द कटुवाल सहित शिक्षक र विद्यार्थीहरु सहभागी थिए । सुभारम्भ कार्यक्रमपछि मुख्य प्रशिक्षक भरत घिमिरेले स्पेरान्तो भाषाको अध्यापन गराएका थिए । स्पेरान्तो भाषाको कक्षा हरेक शनिबार बिहान ७ बजेदेखि गरिने जनाएको छ ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...