धार्मिकरुपले जोडिएको जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे
696
shares
काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिकरुपले जोडिएको जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यायमबाट समेत जोड्नु पर्ने बताएका छन् ।
बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तर्राष्ट्रिय संगोष्ठिमा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
हवाई सेवाको लागि मन्त्रालयले तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ छ । मन्त्री पाण्डेले नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्ने बताए ।
वि.सं.२०८१ मंसिर १२ बुधवार १५:४५