back
chandagiri nagarpalika

एनपीएल हेर्न चितवनबाट काठमाडौं आउने दर्शकलाई निःशुल्क बस र खाजाको व्यवस्था

348 

shares

काठमाडौं । चितवन राइनोजले काठमाडौंमा एनपीएल हेर्न आउने जिल्लाका क्रिकेट समर्थकका लागि निः शुल्क बस र खाजाको व्यवस्था गरेको जनाएको छ ।

बुधबार आफ्नो सामाजिक संजालमार्फत राइनोजले यसबारे जानकारी गराएको हो । अफ्नो टिमप्रति दर्शकले देखाउने मायालाई सम्मान गर्दै यस्तो व्यवस्था गरिएको राइनोजले जनाएको छ ।

राइनोजले आफ्नो खेल भएको दिन चितवन मेडिकल कलेजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म निः शुल्क बस सेवा चलाउने बताएको छ । राइनोजले यसका लागि ५ वटा बस व्यवस्था गरेको पनि जनाएको छ ।

खेलको टिकट खरिद गरेका समर्थकले यो सुविधा उपभोग गर्न पाउनेछन् । टिकटसँगै खाजाको व्यवस्था पनि गरिएको छ । गाडी चितवन मेडिकल कलेजबाट बिहान ३ बजे काठमाडौंका लागि छुट्ने छ ।

मंसिर १७ गते चितवन राइनोजले आफ्नो पहिलो खेल काठमाडौं गुर्खाजसँग खेल्नेछ । सो खेल दिउँसो सवा १ मा सुरु हुनेछ ।


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...