back
prabhu bank
sanima relaince life

नेपालमा जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौती देखिएको छ : मन्त्री सिंह

696 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रममा उनले नेपालमा जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पछिल्लो समय प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेकाले नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन् ।

उनले भने, ‘जियोटेक्निकल इन्जिनियरिङ सिभिल इन्जिनियरिङको सबैभन्दा महत्वपूर्ण पाटो हो । नेपालमा भूकम्प, बाढी पहिरोले कति धेरै असर पारेको छ यसको साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ । नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु छन् । सम्मेलनको उद्देश्य भनेको दिगो पूर्वाधारका लागि जियोटेक्निक्सको प्रयोग भन्ने रहेको छ र यो नेपालको सन्दर्भमा एकदमै राम्रो छ ।’

उनले पछिल्लो समय विकासोन्मुख देश र कमजोर इन्जिनियरिङ ढाँचा, डिजाइन र प्रविधिको कारणले पनि संरचनाहरु धेरै प्रभावित भएको भन्दै कार्यक्रममार्फत युवा जियोटेक्निकल इन्जिनियरहरुले विश्वको प्रविधिहरु सिक्ने मौका पाउने बताए ।

उनले भने, ‘देशले कोभिडले गर्दा ठूलो अर्थ संकट व्यहोर्नु परेको थियो र त्यसको साथै पछिल्लो समय भारी वर्षाका कारण देश बाढी र पहिरोबाट पनि प्रभावित भएको छ । विकासोन्मुख देश भएकाले र कमजोर इन्जिनियरिङ ढाँचा, डिजाइन र प्रविधिको कारणले पनि संरचनाहरु धेरै प्रभावित भएको छ । यस समारोह हाम्रा युवा जियोटेक्निकल इन्जिनियरहरुले विश्वको प्रविधिहरु सिक्ने मौका पाउने छन् ।’


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...