back
rubela khop

राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान

270 

shares
rubela khop

काठमाडौं । युक्रेनमाथि रुसले गरेकोे आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको आकस्मिक विशेष साधारणसभामा भाग लिँदै नेपालले युक्रेनका पक्षमा मतदान गरेको हो । राष्ट्रसङ्घको कूल एक सय ९३ देशमध्ये एक सय ४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले पारित गरेको प्रस्तावमा रुसलाई सैन्य फिर्ता गर्न आग्रह गर्दै युद्ध रोक्न अपिल गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भने, “युक्रेनका पक्षमा मतदान भन्नुको अर्थ नेपाल युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र सम्प्रभुताको पक्षमा उभिएको हो । हामीले प्रस्तावका पक्षमा संवाद र कूटनीतिमा जोड दिँदै युक्रेनमा शान्ति स्थापनाको मार्ग पहिल्याउन अनुरोध गरेका हौँ ।”

रुसले एक वर्षअघिदेखि युक्रेनमा आक्रमण गरेकाले विश्वव्यापीरुपमा आपूर्तिमा समस्या हुनाका साथै खाद्य असुरक्षा र मुद्रास्फीति वृद्धिका कारण गरिबी बढेकामा राष्ट्रसङ्घले चिन्ता व्यक्त गर्दै आएको छ ।

सन् २०२२ फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि अमानवीयरुपमा आक्रमण गरेको थियो । यसमा हजाराँैको हताहती भएको बताइए पनि कतिले ज्यान गुमाए भन्ने यकीन तथ्याङ्क भने छैन । राष्ट्रसङ्घको प्रस्तावका विपक्षमा मतदान गर्ने देशमा बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुवा, रसिया र सिरिया छन् । राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान
काठमाडौं । युक्रेनमाथि रुसले गरेकोे आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ।
राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको आकस्मिक विशेष साधारणसभामा भाग लिँदै नेपालले युक्रेनका पक्षमा मतदान गरेको हो । राष्ट्रसङ्घको कूल एक सय ९३ देशमध्ये एक सय ४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले पारित गरेको प्रस्तावमा रुसलाई सैन्य फिर्ता गर्न आग्रह गर्दै युद्ध रोक्न अपिल गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भने, “युक्रेनका पक्षमा मतदान भन्नुको अर्थ नेपाल युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र सम्प्रभुताको पक्षमा उभिएको हो । हामीले प्रस्तावका पक्षमा संवाद र कूटनीतिमा जोड दिँदै युक्रेनमा शान्ति स्थापनाको मार्ग पहिल्याउन अनुरोध गरेका हौँ ।”

रुसले एक वर्षअघिदेखि युक्रेनमा आक्रमण गरेकाले विश्वव्यापीरुपमा आपूर्तिमा समस्या हुनाका साथै खाद्य असुरक्षा र मुद्रास्फीति वृद्धिका कारण गरिबी बढेकामा राष्ट्रसङ्घले चिन्ता व्यक्त गर्दै आएको छ ।

सन् २०२२ फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि अमानवीयरुपमा आक्रमण गरेको थियो । यसमा हजाराँैको हताहती भएको बताइए पनि कतिले ज्यान गुमाए भन्ने यकीन तथ्याङ्क भने छैन । राष्ट्रसङ्घको प्रस्तावका विपक्षमा मतदान गर्ने देशमा बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुवा, रसिया र सिरिया छन् ।

राजनीतिमा आउने साराको संकेत

राजनीतिमा आउने साराको संकेत

काठमाडौं।बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम...

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

काठमाडौँ । यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स...

वर्तमान गठबन्धन सरकार लामो समय टिक्नेवाला छैन : महामन्त्री थापा

परासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट पुनः...

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी...

रिलायवल नेपाल लाइफको धनगढी शाखाले ग-र्यो मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखा कार्यालयले...