उपनिर्वाचनअन्तगर्त झन्डै ६२ प्रतिशत मत खस्यो
354
shares
काठमाडौंं । उपनिर्वाचनअन्तगर्तको मतदानका लागि निर्धारण गरिएको समय समाप्त भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।
मतदानमा करिब ६२ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् ।
आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३३ वडाध्यक्ष गरी ४१ पदमा उपनिर्वाचन भएको हो ।
वि.सं.२०८१ मंसिर १६ आइतवार १७:३०