back
ntc
global ime bank

कर्णाली याक्सको लगातार दोश्रो हार,खेर गयो धवनको अर्धसतकीय पारी

618 

shares

गणेश शर्मा
काठमाडौं, मंसिर १९ । नेपाली क्रीकेट महोत्सव नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्स माथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

किर्तिपुर स्थित त्रिभुवन बिश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले शिखर धवनको अर्धशतकीय पारीको मद्दतले २० ओभरको समाप्तिमा ५ विकेटको नोक्सानीमा जम्मा १४९ रन बनाएको थियो ।

भारतीय चर्चित खेलाडि शिखर धवन सहित अन्य बिदेशी खेलाडि सम्मिलित कागजमा बलियो मानिएको कर्णालीको यो लगातार दोस्रो हार हो । ओपनिङमा आएका देव खनाल शुन्य रनमा आउट भए भने शिखर धवनले ४ चौका र ५ छक्काको मद्दतले ५१ बलमा ७२ रनमा अभिजित रहे । यस्तै वाल्टन २१, गुल्सन १२ बाबर १३, अर्जुन ४ तथा मक्सुदले ११ बलमा अभिजित १४ रनको पारी खेल्दै कर्णालीलाई सम्मानजनक योगफल सम्म पुर्याएका थिए । यस्तै बलिङमा जेरार्ड इरासमस २ तथा करण,स्वटर र दिपेशले समान १ विकेट लिए ।

१५० रनको मध्यम लक्ष्य पछ्याउँन आएको काठमाडौंले ओपनर शंकर रानालाई ब्यक्तिगत ६ रनमा रनआउट गुमायो । लेभिटले १९ बलमा २२ रन बनाएर बिपिन शर्माको बलमा आउट भएका थिए । यस्तै स्टेफनले ३ तथा भिमले ९ रन मात्रै बनाउन सके । माथिल्लो क्रमका ब्याट्सम्यानहरु सस्तैमा समेटिएपछि दबाबमा परेको काठमाडौंलाई इरासमसले २८ बलमा ३८ रनको पारी खेले।

आक्रमक इनिङ खेलेका काठमाडौंका कप्तान करण केसीले १० बलमा २८ रन बनाउदै खेल काठमाडौंको पक्षमा ल्याएका थिए भने सुमित महर्जनले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा ४० रनको अभिजित पारी खेल्दै टोलिलाई पहिलो जित दिलाएका थिए ।

काठमाडौंले १९।३ बलमा १५३ रन जोड्दै लक्ष्य पुरा गरेको थियो । यस्तै बलिङ तर्फ जिसान मक्सुद,सोमपाल,गुल्सन, बिपिनले समान १ विकेट लिए ।खेलको प्लेअर अफ द म्याच सुमित महर्जन घोषित भएका थिए ।

यस जीत सगै काठमाडौंले २ खेलमा पहिलो जित दर्ता गर्न सफल रह्यो भने कर्णालीले लगातार दोश्रो हार ब्यहोरेको छ ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...