back
global ime bank
chandagiri nagarpalika

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

306 

shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताएका छन् ।

बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अधिकतम विकशित राष्ट्रबाट विकशिल राष्ट्रको श्रेणीमा स्तरउन्नती हुने प्रयासमा हाम्रो देश नेपाल रहेको छ । ’

साथै उनले विकास निर्माणको प्रयासमा खासगरी स्वदेशी विदेशी ठूलो लगानी प्रबिधि र विज्ञताको आवश्यक्ता रहेको बताए । उनले जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुले विकासका प्रयासहरुलाई ओझेलमा पारेकाले सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्ने गरी समाधानका उपायहरु खोजी गर्न आजको चूनौतीहरु रहेको बताए ।

उनले भने, ‘हालको वर्षहरुमा जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुमा बढोत्तरी भइ विकासका प्रयासहरुलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरु परेका छन् । यसका लागि हामीले हाम्रो सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्नेगरी समाधानका उपायहरु खोजी गर्न आजको चूनौतीहरु रहेको छ ।’


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...