back
global ime bank
chandagiri nagarpalika

काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

456 

shares

गणेश शर्मा
काठमाडौं, मंसिर २० । नेपाल प्रीमियर लिग एनपीएलमा काठमाडौं गोर्खाज विरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम रोयल्सले १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ब्याटिङमा राम्रो सुरुवात गरेको रोयल्सले ब्राण्डन म्याक्मुलनको ५३ रनको अर्धशतकीय पारीको मद्दतले ६ विकेटको नोक्सानीमा जम्मा १६७ रन बनायो । रोयल्सको लागी ओपनिङमा आएका साईफ जाइबले ९ बलमा ११ रन जोड्दा राशिद खानले बोल्ड गरेका हुन ।

यस्तै अर्का ओपनर बिनोद भण्डारीले २८ बलमा ३५ रन बनाएर साहब आलमको बलमा एलबीडब्लु आउट भए । मध्यक्रममा ब्याटिङ गर्न आएका कप्तान दिपेन्द्र सिंह ऐरीले २५ बलमा ४३ रनको पारी खेल्दै करन केसीको बलमा आउट भए । यस्तै रोहन मुस्ताफा ४,आरिफ सेख ३ बनाएर आउट भए । स्कट कुग्गेलेजिन ७ तथा इशान पाण्डे १ रनमा अभिजित रहे ।

यस्तै बलिङमा रशिद खानले ४ ओभरमा २० रन खर्चिदै २ विकेट लिए । करण केसी,साहब आलम तथा इरासमसले समान १ विकेट लिए । सुदुरपश्चिमले बिराटनगरलाई पराजित गर्दै आज दोश्रो खेल खेल्दैछ बने काठमाडौंले एक जित र एक हार सहित आज तेश्रो खेल खेल्न लागेको हो ।


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...