back
ntc
global ime bank

सन्धिखर्कका कृषकलाई मेसिन सहयोग

318 

shares

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेको छ ।

कृषकको मागका आधारमा कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेकामा पशुपालनमा लागेका कृषक खुसी भएको कृषक बाबुराम पाण्डेले बताए ।

सन्धिखर्क नगरपालिकाको पशु सेवा शाखाले कृषकको मागका आधारमा व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा डिप फ्रिज १९, विद्युतीय घाँस काट्ने मेसिन ७५ प्रतिशत अनुदानमा नौ र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन ५० प्रतिशत अनुदानमा १८ वितरण गरेको पशु सेवा शाखाका शाखा प्रमुख नारायण खनालले बताए ।

पशुपालनमा लागेका कृषकलाई व्यावसायिकता, आधुनिकीकरण र प्रविधिमैत्री बनाउन डिप फ्रिज, घाँस काट्ने मेसिन र भकारो सोहोर्ने मेसिन वितरण गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । उनले दुग्ध तथा मासुजन्य पदार्थको संरक्षण गर्नाका साथै समयको बचत गर्न र थोरै कामदारबाट धेरै पशुपालन गरी उत्पादन वृद्धि गर्ने नगरपालिकाले अपेक्षा लिएको जानकारी दिए ।

उत्पादन बिना आर्थिक समृद्धि नहुने भएको जनाउँदै कृषि र पशुपालनबाट मात्र आर्थिक समृद्धि हुने नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले बताए । उनले छोटो समयमै आधुनिक र प्रविधिमैत्री तरिकाबाट कृषि तथा पशुपालन गर्दा कृषकलाई बढी फाइदा हुने जनाउँदै व्यावसायिक कृषि र पशुपालनमा लागेका कृषकलाई नगरपालिकाले सहयोग गर्ने बताए ।


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...