back
ntc
global ime bank

कर्णालीको पहिलो जित,हार्यो चितवन

810 

shares

गणेश शर्मा
काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर लिग एनपीएलमा कर्णाली याक्सले चितवन विरुद्ध ६ विकेटको रोमाञ्चक जित निकालेको छ । कर्णाली विरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राईनोजले १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

ब्याटिङमा खराब सुरुवात गरेको राईनोजले रबि बोपाराको अविजित ५९ रनको अर्धशतकीय पारीको मद्दतले ७ विकेटको नोक्सानीमा जम्मा १३० रन बनायो । राईनोजको लागी ओपनिङमा आएका लुक बेन्केन्स्टेन ५ बलमा कुनै पनि रन जोड्न सकेनन । उनलाई सोमपाल कामीले बोल्ड आउट गरेका हुन । यस्तै अर्का ओपनर दिपक बोहोराले ८ बलमा ८ रन बनाएर नन्दन यादवको बलमा आउट भए । मध्यक्रममा ब्याटिङ गर्न आएका बिपिन रावल ११ रनमा आउट भए । कप्तान कुशल मल्लले २७ बलमा २३ रनको पारी खेल्दै को बलमा आउट भए । इटन र रौटेलाले समान ९ बनाएर आउट भए भने सोहली तनभिरले खाता खोल्न सकेनन । सरद भेषावकर ६ रनमा अविजित रहे ।

यस्तै बलिङमा बिपिन शर्माले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए । जिसान मक्सुदले २ तथा सोमपाल र नन्दनले समान १ विकेट लिए ।

१३१ रनको सामान्य लक्ष्य पछ्याउँन आएको कर्णालीले ओपनर शिखर धवनलाई ब्यक्तिगत ४५ रनमा गुमायो । देव खनालले ३४ बलमा २५ रन बनाएर कुशल मल्लको बलमा आउट भएका थिए । यस्तै चान्ड्रीक वाल्टनले ३० तथा मक्सुद १२ रनमा अविजित रहे । अर्जुन १०बलमा रन आउट हुँदा गुल्सन झा ० बलमा अविजित रहे । २० औं ओभरको पाचौं बलमा चौका प्रहार गर्दै मक्सुदले टोलिलाई पहिलो जित दिलाए । कर्णालीले ४ विकेटको नोक्सानीमा १३२ रन बनाउदै ६ विकेटको महत्त्वपूर्ण जित निकाल्यो । पहिलो जीतले कर्णालीलाई केहि राहत मिलेको छ । यस्तै बलिङ तर्फ कुशल,बोपारा र इटनले समान १ विकेट लिए ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...