भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन
534
sharesकाठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्ध क्षेत्रको अवलोकनसहित बौद्धनाथको दर्शन गरेका छन् । आजै काठमाडौं आएका भुटानी नरेशले बौद्धनाथ दर्शन गरेका हुन् ।
उनले बौद्धनाथ क्षेत्रको दृश्यावलोकन पनि गरे । उनले त्यसअघि स्वयम्भूनाथको पनि दर्शन गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्किने छन् ।
वि.सं.२०८१ मंसिर २१ शुक्रवार १३:१९