प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा
594
sharesकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले यस्तो बताएका हुन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको उनको भनाए छ ।
दलहरूबीच सहमति जुटे संसद्बाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्दा बनाएर निर्वाचन प्रणाली सुधारमा जोड दिने उनले बताए ।
वि.सं.२०८१ मंसिर २१ शुक्रवार १५:०३