झापामा रास्वपा कार्यकर्ताले प्रधानमन्त्रीलाई देखाए कालो झन्डा
522
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कालो झन्डा देखाएर प्रदर्शन गरेका छन् ।
आइतबार झापाको मेचीनगर इँटाभट्टानजिक रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘प्रहरी दमन मुर्दावाद’लगायत नारा लगाएका थिए ।
वि.सं.२०८१ मंसिर २३ आइतवार १६:१८