रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको छ : गृहमन्त्री
528
shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको बताएका छन् । मंगलबार सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीका क्रममा लेखकले यस्तो बताएका हुन् ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताउँदै अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको उनको भनाइ छ ।
उनले सबैको मानव अधिकारको प्रश्नमा सरकार गम्भीर रहेको पनि दाबी गरे ।
न्यायिक प्रक्रियालाई प्रभावित गर्ने ढंगले कसैले बोलेको गलत भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
वि.सं.२०८१ मंसिर २५ मंगलवार १४:५०