प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ
162
sharesकाठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराए ।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति हुनुहुन्थ्यो ।
वि.सं.२०८१ मंसिर २६ बुधवार १३:०५