back
ntc
global ime bank

कांग्रेसद्वारा नेता सिंहको निधनप्रति शोक प्रस्ताव पारित

426 

shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकदले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले आज, भोलि र पर्सि गरेर तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, मंगलबार (भोलि) केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताए ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसंख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा गएराति १ बजे निधन भएको हो । सिंहले लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकट रहेर कार्य गरेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदा उनले पटक–पटक जेल जीवन व्यतीत गर्नुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उनी काठमाडौं नगरपालिकाको पहिलो नगरप्रमुख निर्वाचित भए । सिंहकै पहलमा विसं २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

यसैगरी, विसं २०५६ मा उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भए । सिंहले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...