संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्नसक्छ : सभामुख
372
shares
काठमाडौं । प्रतिनिधिसभा सभाुमख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताएका छन् । मंगलबारदेखि पोखरामा अन्तर व्यवस्थापिका सम्मेलनमा बाल्दै उनले यस्तो बताएका हुन् ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा तथा प्रदेशसभाका पदाधिकारीको सहभागिता रहेको थियो ।
सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले ‘संघीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न संसदको प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन नसकेको उनको भनाइ छ ।
सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्था परिवर्तन गरेको बताउँदै अब निर्माणका लागि सबै शक्ति लगाउनुपर्नेमा जोड दिए ।
संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण गर्न ढिला भएको बताउँदै सभामुख घिमिरेले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसदले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतालाई संस्थागत गर्न धेरै कानुनी प्रबन्ध र व्यवस्थापकीय कार्य बाँकी रहेको बताए ।
संघीयतालाई बलियो बनाउन सरकारमात्र होइन सभाहरूले समेत जिम्मेवारी पूरा गरे कि गरेनन् भनेर समीक्षा गर्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।
वि.सं.२०८१ पुस २ मंगलवार १४:१४