हरेक कुरामा महिला पुरुषबीच समानता हुनुपर्छ : रेखा शर्मा
462
shares
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताएकी छिन् । बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्दै उनले संविधान र कानूनका कुराहरु उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताएकी हुन् ।
उनले भनिन, नागरिकताको विषयमा कुरा गर्दा नै रक्त अशुद्घता हुन्छ भन्छन् । रक्त अशुद्घताका र शुद्घताका कुरा धेरै सुन्यौं । विदेशीसँग विवाह गरेकी महिलाबाट जन्मेको सन्तानको रगत शुद्घ हुँदैन भन्ने भाष्य धेरै सुनेको छु । समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान छ ।’
साथै उनले हरेक कुरामा महिला पुरुषबीच समानता हुनुपर्ने बताइन् ।
वि.सं.२०८१ पुस ४ बिहीवार १५:५७