जसपा नेपालले बोलायो केन्द्रीय विभागहरूको बैठक
576
shares
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरूको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेका लागि बोलाइएको प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार जसपा नेपालले गठन गरेका १७ विभागमध्ये १६ विभागको बैठक बोलाइएको हो।
बुधबार पुस १० गते सूचना सञ्चार, विज्ञान तथा प्रविधि विभागको, ११ गते वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको, पुस १२ गते सहकारी तथा गरिबी निवारण विभागको र पुस १३ गते प्रचारप्रसार तथा प्रकाशन विभागको बैठक बस्नेछ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या विभागको बैठक पुस १४ गते, पुस १५ गते बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागको र पुस १६ गते महिला विभागको बैठक बोलाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पुस १८ गते, संगठन विभागको पुस १९ गते, सामाजिक सेवा तथा गैरसहकारी विभागको बैठक पुस २० गते, आर्थिक विभाग र पार्टी स्कुल तथा प्रशिक्षण विभागको बैठक पुस २२ गते, कानुन विभागको बैठक पुस २३ गते र शिक्षा विभागको बैठक पुस २४ गते बस्ने बताइएको छ ।
वि.सं.२०८१ पुस १० बुधवार १६:२२