कांग्रेसद्वारा स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
258
shares
काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य विभागमा १० सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले कैलालीका डा. लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठसहितलाई विभागमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागको सदस्यमा डा. लक्ष्मीराज पाठक, कैलाली, डा. मुक्तिराम श्रेष्ठ, अर्घाखाँची, डा. अनिलकुमार झा, सप्तरी, डा. सुमन कर्माचार्य, रामेछाप, डा. सुशीलनाथ प्याकुरेल, ललितपुर, श्यामचन्द्र यादव, धनुषा, ईश्वर कार्की, झापा, विष्णुप्रसाद भट्टराई, स्याङ्जा, पुजा फुयाल, सोलुखुम्बु र वुधिसरा सुनुवार, सुर्खेत गरिएको छ । विभागको प्रमुख केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव छन् ।
वि.सं.२०८१ पुस ११ बिहीवार १२:४५