वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको छ : शंकर पोखरेल
516
shares
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको बताएका छन्। नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको जिकिर गरे ।
तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउने गरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताए ।
उनले परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि नबढ्ने स्पष्ट पारे ।
वि.सं.२०८१ पुस १५ सोमवार १५:०४