निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जान्छ : शशांक कोइराला
726
shares
चितवन । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताएका हुन् ।
उनले भने “विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,”
निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने उनको तर्क छ ।
वि.सं.२०८१ पुस १६ मंगलवार १५:५०