back

माओवादी केन्द्रले ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ ।

सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न लागिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले बताए । उनका अनुसार केही दिनअघि बसेको प्रदेशको छैटौँ पूर्ण बैठकले केन्द्रीय योजनाअनुसार प्रदेशमा अभियान चलाउने निर्णय गरेको हो ।

यस क्रममा पार्टीका सबै नेता, कार्यकर्ता दुई महिना जनता, सहिद परिवार, घाइते र बेपत्ता योद्धाका परिवारका बीचमा गएर पार्टी पुनःनिर्माणका बारेमा सुझाव लिनेछन् । अध्यक्ष गुरुङले भने , “यो अभियान प्रदेशका १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य साथ पार्टी प्रदेश पदाधिकारीको प्रत्यक्ष कमाण्डमा एकैपटक सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा चल्नेछ । मुख्यगरी पार्टीको सबै शक्तिलाई जनतासँग जोड्ने र उनीहरूका सुझाव लिने उद्देश्य अभियानको हो ।”

माओवादीले अभियानका लागि ‘टिप्पणी सुझाव र सङ्गठनका लागि नेता, कार्यकर्ता र जनतासँग भेट गरौँ, विचार र नेतृत्वका आधारमा सङ्गठित तागत निर्माण र समृद्धिमा जोड गरौँ’ भन्ने नारा अघि सारेको छ । दुई महिनाको अभियानमा माओवादीले स्थानीय तह जितेका ठाउँमा पार्टीको चुनावी प्रतिबद्धतासहितको समाजवादको आधार तयार पार्ने योजना लागू गर्न योजनाबद्ध काम गर्ने, विजय हासिल नभएका ठाउँमा जनताका समस्या हल गर्न पालिकाहरूमा पहल गर्ने भएको छ ।

यसैगरी जनयुद्धका पूर्णकालीन र पार्टीका एकता भएपछि सबै पुराना छुटेका कार्यकर्ताहरूसँग र जेल हिरासतमा परेकाहरूको सूची तयार पारी घर–घरमा गएर भेटघाट गर्ने, सुझाव लिने र पार्टीमा पुनःसङ्गठित गर्ने अभियानको योजना रहेको माओवादीले जनाएको छ ।

पालिकाहरूमा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने र विज्ञहरूसँगसमेत छलफल गरी दुईमहिने अभियान सफल बनाउन प्रदेश पार्टी फिल्डमा लागेको अध्यक्ष गुरुङले बताए ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...