सुनको मूल्य स्थिर
168
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार, सोमबार र मंगलबार (आज) पनि प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ पुस २३ मंगलवार १३:३३