back
ntc
global ime bank

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

276 

shares

सोलुखुम्बु । चिनको तिब्बतमा गएको भूकम्पका कारण थुलुङ दूधकोसी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुई घरमा क्षति पुगेको छ । थुलुङ दूधकोसी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार, घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।

भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...