कांग्रेस/एमाले संयन्त्रको संयोजनको जिम्मा फेरि खड्काले पाए
684
shares
काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मा फेरि पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार/चार जना सदस्य रहेका छन् । कांग्रेस र एमालेले गत कातिक १५ गते संयन्त्र बनाएका थिए ।
संयन्त्रमा कांग्रेसका तर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
गत कातिक २१ गते बसेको संयन्त्रको पहिलो बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एक÷एक महिनाका दरले गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०८१ पुस २५ बिहीवार १२:२१