back
ntc
global ime bank

‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने

282 

shares

मुम्बई। मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो ।

जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्मले निकै बक्स अफिसमा राम्रो कमाइ पनि गरेको थियो ।

यस फिल्ममा एमसी शेरको भूमिकामा देखिएका सिद्धान्त चतुर्वेदीले फरक पहिचान पाएका थिए तर अहिले फेरी यो फिल्मको सिक्वेलको पनि चर्चा चलिरहेको छ । अब यो फिल्मको सिक्वेल ६ वर्षपछि आउन लागेको खबर छ तर यसमा रणवीर सिंह र आलिया भट्टको जोडी फेरि सँगै नदेखिने भएका छन् ।

अहिलेसम्म आधिकारिक घोषणा नभए पनि विक्की कौशल र अनन्या पाण्डेको नयाँ जोडी फिल्ममा देखिने खबर छ । सिद्धान्त चतुर्वेदी र रणवीर सिंह यसमा सहभागी हुनेछन् वा छैनन् भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन तर यदि यस्तो भयो भने फिल्मको उत्साह झनै बढ्नेछ ।

नेटफ्लिक्स सिरिज ‘खो गए हम कहाँ’ निर्देशन गरेका अर्जुन वरेन सिंहले फिल्म निर्देशन गर्ने बताइएको छ । अनन्या पाण्डेले अर्जुन वरेन सिंहसँग ‘खो गए हम कहाँ’ मा काम गरेकी थिइन । यसका लागि आफू नै उपयुक्त छनोट भएको फिल्म निर्माताको विश्वास छ । विक्की केही समयदेखि यस प्रोजेक्टमा संलग्न रहेको रिपोर्टमा उल्लेख छ ।

यस फिल्मको कथा स्ट्रीट ¥यापर डिभाइन र नेजीको जीवनबाट प्रेरित थियो । मुम्बईको बस्तीमा बस्ने ¥यापर मुरादको कथा फिल्ममा बताइएको छ । फिल्ममा मुरादको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन् जसले आफ्नो सांगीतिक सपना पूरा गर्न सामाजिक र आर्थिक चुनौतीहरूको सामना गर्छन् ।

सफिनाको भूमिकामा देखिएकी आलिया भट्ट यस पात्रमा निकै राम्रो देखिएकी थिइन् । उनी बाहेक फिल्ममा विजय वर्मा, अमृता सुभाष, विजय राज र कल्की केकलान पनि थिए ।


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...