विपक्षी दलहरूको बैठक बस्दै
264
shares
काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दै छ। बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)सहितका दलहरू विपक्षीमा छन् ।बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।
सरकारले संसद् छलेर अध्यादेश ल्याएकोप्रति उनीहरूको आक्रोश छ ।
वि.सं.२०८१ माघ ४ शुक्रवार १२:०९