यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेकोले सरकारले अध्यादेश ल्याउनुपरेको हो : सञ्चारमन्त्री
276
shares
काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेकोले सरकारले अध्यादेश ल्याउनुपरेको बताएका छन् । आइतबार सिंहदरबारमा एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाँट्ने कार्य नगर्न सुझाव समेत दिए ।
उनले भने, “वाहियात कुराहरू किन गर्ने ? जनतालाई किन ढाँट्ने ? केही गरेकै छैन ।”
सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्दै नियमन प्राधिकरण गठन गर्न सरकारले आवश्यक कानुन ल्याउन खोजेको उनको भनाइ थियो । मन्त्री गुरुङले जनसेवामुखी हुलाक बनाउन कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भए पनि यसमा नै सबैभन्दा बढी राजनीतिकरण भएकाले सरकारले ‘सिस्टम’ बनाउन खोजेको उनले बताए ।
वि.सं.२०८१ माघ १३ आइतवार १४:५३