back
prabhu bank
sanima relaince life

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली महिला टोलीमा को को परे !

408 

shares
prabhu bank
sanima relaince life

गणेश शर्मा,
काठमाडौं, माघ १५ । आगामी माघ १७ गते देखि २५ गते सम्म नेपालमा सुरु हुन लागेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोली बीचमा संचालन हुन लागेको त्रिकोणात्मक सिरिजको लागी नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा पुर्व कप्तान रुबिना क्षेत्री, सिनियर खेलाडि सिता राना मगर सहित १९ बर्ष मुनिको नेपाली महिला टोलि कि कप्तान पुजा महतोलाई समाबेश गरिएको छ । यस्तै अन्य खेलाडीमा बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट रहेका छन ।

नेपालले नेदरल्यान्ड सँग माघ १७ गते नै उद्घाटन खेल खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले पहिलो पटक सन् २०२२ को मे महिनामा युगाण्डा सँग घरेलु सिरिज खेलेको थियो । करिब ३ बर्षको अन्तरालमा नेपालले दोश्रो पटक घरेलु सिरिज खेल्दै छ ।

यस्तो छ त्रिकोणात्मक सिरिजमा नेपालको खेलतालिका

माघ १७ गते – नेदरल्याण्ड्ससँग
माघ १९ गते – थाइल्याण्डसँग
माघ २० गते – नेदरल्याण्ड्ससँग
माघ २२ गते – थाइल्याण्डसँग
माघ २३ गते– नेदरल्याण्ड्ससँग
माघ २५ गते – थाइल्याण्डसँग


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...