वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन सकेको छैन : माधव नेपाल
450
shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताएका छन् । मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचारसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा पछाडि रहेको उनको भनाइ छ ।
जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए ।
उनले भने, ‘अहिलेको सरकारको कामबाट जनता निराश छन् । जनतामा कुनै आशा जाग्न सकेको छैन । परिणाममुखी कुनै काम हुन सकेको छैन । वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि छ । यो स्थिति भएको हुनाले वास्तवमा मानिसहरूमा विकल्पको खोजी जारी छ, ।
वि.सं.२०८१ माघ १५ मंगलवार १६:३४