back

केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने महामन्त्री थापाको दावी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले केन्द्र र सात वटा प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्ने बताएका हुन्।

‘हामीलाई अगाडिको पाटो सजिलो छैन्। केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्छ। अब हामीले काम गर्न सकेनौं भने अरूलाई दोष दिने ठाउँ छैन्,’ उनले भने, ‘काम काम काम र कामले परिणाम। हामीले जनताका बीचमा भनेका पूरा गर्नुपर्छ।’

महामन्त्री थापाले एमालेसँगकै गठबन्धन बलियो बनाएको भए पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने ठाउँ रहेको बताए। उनले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए राष्ट्रपति बन्न सक्ने अवस्था बनेको बताए।

उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए। आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो। एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो। अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन।’

उनले राजनीतिप्रति इमान्दार भएर प्रधानमन्त्री प्रचण्डलाई मद्दत गरेर सरकारलाई सफल बनाउनुपर्ने बताए।

‘प्रधानमन्त्रीलाई सबैले मद्दत गर्नुपर्छ। गठबन्धन बनेको दिनबाट चकचक गर्ने, उपद्रो गर्ने, लसपस गर्न थाल्नु हुँदैन। यो काम गर्नु हुँदैन। राजनीतिक नैतिकता चाहिन्छ। पाँच वर्ष गठबन्धन तलमाथि हुँदैन। झ्याल ढोका बन्द गरेर कोठाभित्र बसेर समझदारी गरे अनुसार पालना गर्नुपर्छ। सरकारलाई सफल बनाउनुपर्छ,’ उनले भने।

 


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...