बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौँ : प्रधानमन्त्री
408
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले ६ महिनामा यो खुसीको विषय भएको बताएका हुन् ।
उनले भने, “सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” ।
संसद्मा विश्वासको मत लिइरहनुपर्ने विषयबाट मुक्ति मिलेको उनले उल्लेख गरे ।
“संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौँ ।” प्रधानमन्त्री ओलीले भने ।
वि.सं.२०८१ माघ १८ शुक्रवार १४:५३