बेलायती राजकुमार एडवार्ड नेपाल भ्रमणमा
306
shares
काठमाडौं । बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपाल भ्रमणमा आएका छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी बिहान १० बजे काठमाडौं आइपुगेको जनाइएको छ ।
आजै अपराह्न ४ बजे उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । उनी भोलि (माघ २३) ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् ।
नेपालमा रहँदा उनी पोखरा पनि जानेछन् । नेपाल भ्रमण सकाएर उनी यही माघ २७ (आइतबार) गते फिर्ता हुनेछन् ।
बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् ।
वि.सं.२०८१ माघ २२ मंगलवार ११:४१