प्रधानमन्त्री ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन : देउवा
108
shares
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन सरकार स्थायित्वका लागि भएको बताएका छन् । पोखरामा जारी ७७ जिल्लाकै सभापति र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।
सत्ता साझेदार दल नेकपा (एमाले)लाई अविश्वास गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ ।
“वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुःख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन,” उनले भने ।
दुवै दल प्रजातन्त्र र लोकतन्त्रका लागि लडेकाले विश्वासका साथ चल्नुपर्ने उनको भनाइ छ ।
वि.सं.२०८१ माघ २२ मंगलवार १३:४८