शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड
396
shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नुवाकोटको शेरा दरबारमा प्रकरणमा आफूलाई छानबीन गर्न चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् ।
“नुवाकोटको शेरा दरबारमा कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ कि । जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत ग¥यो,” उनको दाबी छ, “प्रधानमन्त्रीजी आफैँ लागेको थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध भेटिँदैन प्रचण्डको त ।”
उनले सबै नेता उस्तै हुन् भन्ने भाषा मञ्जुर नभएको बताए ।
“शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् । बेला–बेला क्यान्टोनमेन्ट भनेर गीत गाएको सुन्छु । छानबिन गरे भयो त,” प्रचण्डको भनाइ छ ।
वि.सं.२०८१ माघ २४ बिहीवार १५:५०