छोराद्वारा बुवाको हत्या, ६ जना पक्राउ
294
shares
काठमाडौं । इलाममा आफ्नै छोरा बुहारीले सुपारी दिएर बुवाको हत्या गरेको खुल्न आएको छ । इलाम सूर्योदय नगरपालिका–११ का ५१ वर्षीय धनराज राईको हत्या गर्न उनकै छोराबुहारीले सुपारी दिएको खुलेको हो ।
धनराजको हत्याको आरोपमा प्रहरीले उनकै छोरा मंगेश भनिने एडवर्ड राई र बुहारी २६ वर्षीया मालती तामाङसहित ६ जनालाई पक्राउ गरेको इलाम प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिकाका २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन् ।
प्रहरीका अनुसार लामोसमयदेखि बुवासँग मनमुटाब भएर छुट्टै बस्दै आएका उनीहरूले हत्या गर्न लगाएको खुलेको छ ।
उनको रड प्रहारबाट हत्या भएको प्रहरीले जानकारी दिएको छ । धनराजको शव सोमबार घरमै फेला परेको थियो ।
वि.सं.२०८१ माघ ३० बुधवार १३:५५