back
ntc
global ime bank

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

1.4K 

shares

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका प्रदेश कमिटिको दोस्रो अधिवेशनबाट महासचिवमा झापाका सूर्यबहादुर ठटाल चयन भएका छन् । संगठनको अध्यक्षमा कृष्णा कँडेल, उपाध्यक्षमा दिनेश खत्री र प्रमिला दाहाल, सचिवमा विरेन्द्रजंग शाही, पुरुषोत्तम सिग्देल र दिनेश कुमार रोकाय तथा कोषाध्यक्षमा हरिलाल कँडेल रहेको २१ सदस्य कार्यसमिति चयन भएको हो ।

संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नयाँ तथा जुझारु कार्य समिति चयन गरेको महासचिव ठटालले बताए । नेपाल निजामती कर्मचारी संगठन निजामती कर्मचारीहरूको सबैभन्दा ठूलो र जेठो संगठन हो । पहिलो पटक भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ११७ स्थानमध्ये ८० स्थानमा विजय हुँदै देशकै सबैभन्दा ठूलो सगठनको रुपमा स्थापित छ ।

उपत्यका प्रदेश कमिटीको कार्यक्षेत्र मुख्यतयः संधीय मन्त्रालयहरु, सर्वोच्च अदालत, महालेखा नियन्त्रकको कार्यालयलगायत देशको प्रमुख प्रशासनिक क्षेत्र रहेकोले पनि यो कमिटीलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ ।

महासचिवमा निर्वाचित ठटाल लामो समय विधार्थी राजनीतिमा क्रियाशील रहँदै आएका थिए । ठटालसँग यसअघि मोरङ जिल्ला कमिटी सदस्य र केन्द्रीय परिषद् सदस्यसहित संगठनका विभिन्न जिम्मेवारीमा बसेर काम गरेको लामो अनुभव छ ।

 

 


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...