परराष्ट्रमन्त्री राणा र यूएईका विदेश राज्यमन्त्रीबीच भेटवार्ता
348
shares
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र युनाईटेड अरब इमिरेट्स (यूएई)का विदेश राज्यमन्त्री अहमदबीच भेटवार्ता भएको छ । उक्त भेटवार्ता ओमानको राजधानी मस्कटमा भएको हो ।
“हामीले श्रम, व्यापार र पर्यटन क्षेत्रमा आदानप्रदान बढाउने कुरामा केन्द्रित हुँदै नेपाल–युएई सम्बन्ध बढाउँदै जाने बारेमा विचार आदानप्रदान गर्यौं,” मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “साथै दुई पर्यटकीय शहरहरू – पोखरा र दुबई बीच प्रत्यक्ष हवाई सम्पर्कको लागि अनुरोध पनि गर्यौं ।”
वि.सं.२०८१ फागुन ४ आइतवार १६:५५