सरकार ढलिहाल्छ भन्ने हल्ला नचलाउन प्रधानमन्त्रीको आग्रह
372
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढलिहाल्छ भन्ने हल्ला नचलाउन आग्रह गरेका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“यो सरकार ढलिहाल्छ, एउटा हल्ला चलेको छ । यो हल्ला नचलाए हुन्थ्यो,” उनले भने ।
उनले यस्ता हल्लाले युवाहरुमा निराशा आउने बताए । ओलीले आफूले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए ।
वि.सं.२०८१ फागुन ५ सोमवार १४:२६