माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ
204
shares
फुङ्लिङ ।नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठन बलियो बनाउनेमा लागेको बताएका छन् । प्रेस सेन्टर ताप्लेजुङद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको उनको भनाइ छ ।
उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।’
वि.सं.२०८१ फागुन ७ बुधवार १३:१४