back
ntc
global ime bank

प्रजातन्त्रको धून

498 

shares

इन्दिरा निरौला
गाढा अँध्यारो रातहरूमा
आशाको दियो निभ्न लागेको थियो,
स्वतन्त्रताको सास थिचिएको थियो,
सपनाहरू बन्दीगृहमा कैद थिए।

तर, कतै कसैका मुटुहरू
भतभती जलिरहेका थिए,
कतै कसैका आँसुहरू
रगत बनेर बगिरहेका थिए।
निर्दयी शासनको साङ्लो भाँच्न
कसैको सिन्दूर मेटियो,
कसैको काँख रित्याइयो,
कसैको नसा चिथोरियो ।

रगतको घाम उदाएपछि
नयाँ बिहानी फक्रियो,
निसासिएको धर्तीमा
स्वतन्त्रताको वसन्त आयो ।
गर्जिए, दह्रो गरी गर्जिए,
स्वतन्त्रता ! स्वाभिमान !
प्रजातन्त्र ! अधिकार !
तर के थाहा,
रगतले लेखिएको इतिहास
बिर्सिन थालिन्छ भन्ने !

आज फेरि सोच्छु—
प्रजातन्त्रको धून
कसको रुवाइबाट बनेको हो !
कसको चिताको खरानीबाट उठेको हो ?
कसका सपनाहरू जलाएर
हाम्रा बाटाहरू उज्यालो पारिएको हो ?

हे, स्वतन्त्रताको सन्तानहरू !
आफ्नै सपनाहरू बेचेर
फूलको थुँगा साट्ने बेला होइन ।
त्यो इतिहास बिर्सियौ भने,
फेरि कोही जेलिन्छ,
फेरि कोही मारिन्छ,
फेरि कोही उठ्छ,
फेरि कोही रुन बाध्य हुन्छ ।

बिर्सिनु हुँदैन,
रगतले लेखिएको इतिहास
कहिल्यै बिर्सिनु हुँदैन !
७५ औं प्रजातन्त्र दिवसको शुभकामना !
लेखकः (नेपाली कांग्रेसकी महासमिति सदस्य तथा भूमि आयोग सिन्धुलीकी सदस्य हुन् ।)


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...