कांग्रेसले सुरु ग-र्यो, राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’
300
shares
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ’राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ को विराटनगरमा उद्घाटन गरेका छन् । नेपाली कांग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा हुन लागेको ’राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ कोसी प्रदेशबाट सुरु भएको छ ।
कांग्रेसले सातवटै प्रदेशमा यो अभियान चलाउने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बताएका छन् । पहिलो कार्यक्रम कोसी प्रदेशबाट सुरु भएको छ ।
कांग्रेसले गत साउनमा ३० दिने र १०० दिने अभियान चलाएको थियो । त्यस अभियानबाट उठेका निष्कर्ष कांग्रेसजनमा नैराश्य छ भन्ने आएको र फेला परेकाले तिनै विषयबारे मन्थन गर्न कार्यक्रम थालनी गरिएको हो ।
वि.सं.२०८१ फागुन ९ शुक्रवार १५:०२